काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुयाँल चुनावी प्रतिस्पर्धामा छन् । घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुयाँल एक्लै चुनावी मैदानमा छन् । विसं…