काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ…