बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी आउँदै छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा आज लुम्बिनी आउन लागेका हुन् । बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ ।