काठमाडौं । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, माधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…