काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक ६ प्रदेशमा इन्चार्ज तोकेको हो । प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् । सुदूरपश्चिम प्रदेशको…