२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रदेशसभाका २ सांसदलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय, सभामुखले हुँदै नभएको अधिकार प्रयोग गरे : एमाले

बुटवल । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा एमालेले २ सांसदलाई कारवाही गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई बुझाएको पत्रको प्रदेशसभा सचिवालयले एमालेलाई जवाफ फर्काएको छ । दुबै सांसदहरुलाई पदमुक्त गर्ने आधार नभएको भन्दै सचिवालयले पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको सचिवालयले जनाएको छ । पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद…