अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत फैसला भएको बताएका छन् । फक्स न्यूजका संवाददाता सौ हानिटीलाई दिएको एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना जानु अमेरिकाको अहिलेसम्मकै सबैभन्दा गलत फैसला भएको बताएका हुन् । ट्रम्पले भनेका छन्, ‘अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सेना हो । तर अहिले जे भैरहेको छ त्यसबाट…