१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अफगानिस्तानमा आक्रमण गर्नु अमेरिकी इतिहासकै सबैभन्दा गलत फैसला थियो : ट्रम्प



अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत फैसला भएको बताएका छन् ।

फक्स न्यूजका संवाददाता सौ हानिटीलाई दिएको एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना जानु अमेरिकाको अहिलेसम्मकै सबैभन्दा गलत फैसला भएको बताएका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सेना हो । तर अहिले जे भैरहेको छ त्यसबाट हाम्रो बदनामी मात्रै भैरहेको छ । मध्यपूर्वमा जाने फैसला हाम्रो लागि अहिलेसम्मकै सबैभन्दा खराब फैसलना थियो । यस फैसलाका कारण हामीले न केवल करोडौं डलरमात्रै गुमाएनौं लाखौं मानिसको ज्यान समेत गयो ।’

उनले भनेका छन् , ‘हामीले मध्यपूर्वलाई बर्बाद गर्यौं । आज हामी फेरि त्यही खडा भएका छौं जहाँ २० २१ वर्ष पहिले थियौं । यस्तो लाग्दैछ कि हामी बलौटे दलदलमा फस्यौं ।’

ट्रम्पले आफुले सत्य बोल्दा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशलाई नराम्रो लाग्नसक्ने पनि बताएका छन् । अलकायदाले न्यूयोर्कको ट्वीन टावरमा आक्रमण गरेपछि अमेरिकाले ओसमा विन लादेन खोज्न अफगानिस्तानमाथि सन् २००१बाट आक्रमण सुरु गरेको थियो । त्यसपछि २० वर्षसम्म अमेरिकी सेना अफगानिस्तानमा बसेका थिए ।

वर्तमान अमेरिकी राष्ट्रपति जो वाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नु सही निर्णय भएको बताइरहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ९ : ४६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान