७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अफगानिस्तानमा आक्रमण गर्नु अमेरिकी इतिहासकै सबैभन्दा गलत फैसला थियो : ट्रम्प



अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत फैसला भएको बताएका छन् ।

फक्स न्यूजका संवाददाता सौ हानिटीलाई दिएको एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना जानु अमेरिकाको अहिलेसम्मकै सबैभन्दा गलत फैसला भएको बताएका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सेना हो । तर अहिले जे भैरहेको छ त्यसबाट हाम्रो बदनामी मात्रै भैरहेको छ । मध्यपूर्वमा जाने फैसला हाम्रो लागि अहिलेसम्मकै सबैभन्दा खराब फैसलना थियो । यस फैसलाका कारण हामीले न केवल करोडौं डलरमात्रै गुमाएनौं लाखौं मानिसको ज्यान समेत गयो ।’

उनले भनेका छन् , ‘हामीले मध्यपूर्वलाई बर्बाद गर्यौं । आज हामी फेरि त्यही खडा भएका छौं जहाँ २० २१ वर्ष पहिले थियौं । यस्तो लाग्दैछ कि हामी बलौटे दलदलमा फस्यौं ।’

ट्रम्पले आफुले सत्य बोल्दा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशलाई नराम्रो लाग्नसक्ने पनि बताएका छन् । अलकायदाले न्यूयोर्कको ट्वीन टावरमा आक्रमण गरेपछि अमेरिकाले ओसमा विन लादेन खोज्न अफगानिस्तानमाथि सन् २००१बाट आक्रमण सुरु गरेको थियो । त्यसपछि २० वर्षसम्म अमेरिकी सेना अफगानिस्तानमा बसेका थिए ।

वर्तमान अमेरिकी राष्ट्रपति जो वाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नु सही निर्णय भएको बताइरहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ९ : ४६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी