काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको…