१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नक्कली सुन बेच्ने सात जना पक्राउ



कास्की । नक्कली सुन बेच्ने सात जना पक्राउ परेका छन् । कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमध्ये एकजना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार छन् ।

उनीहरुबाट सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : १५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान