काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनकाे प्रतिक्षामा रहेको बताएका छन् । विप्लव समूहले ओली सरकारसँग तीन बुँदे सहमती गरेको भोलिपल्ट नेकपा प्रचण्ड-नेपाल पक्षको नेकपामा विप्लव समूहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाइए पनि पार्टीमा प्रवेश गराउने प्रतिक्षामा आफु रहेको बताएका हुन्…