काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति…