२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बागलुङमा विपद : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा



गलकोट । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् ।

गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन् ।

जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो खस्दा वडा नम्बर-५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका-७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन् ।

यस्तै, वर्षात्का कारण बागलुङ नगरपालिका-४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ । माया जिसीको इटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिए ।

बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका-१ भ्युडाडा बस्ने विशाल बिकको घर जोखिममा रहेकाले विस्थापित भएका छन् । गलकोट नगरपालिका-४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित भएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ । रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ०० बजे

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ