बुटवल । बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस सोमबार भव्य रुपमा मनाइएको छ । ६२ वर्ष अघि फागुन ३ गतेकै दिन बुटवल उपमहानगरपालिकाको स्थापना भएको थियो । स्थापना दिवसका अवसरमा कार्यालय परिसरमा आयोजित मूल समारोहको शुभारम्भ गर्दै प्रमुख शिवराज सुवेदीले नयां व्यवस्था र प्रणालीमा शुन्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास गरिएको बताए…