१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

अविरल वर्षाबाट लुम्बिनी प्रदेशका ६ जिल्लाका सदरमुकाममा सडक सम्बन्ध बिच्छेद, पूर्वपश्चिम राजमार्ग आज पनि नखुल्ने



बुटवल । ३ दिनदेखि आएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको दर्जनौ सडकहरु अवरुद्ध भएका छन् । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि अवरुद्ध भएका छन् ।

राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाँउठाँउमा पहरिो खसेका कारण बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरीका अनुसार मंगलबार मध्यान्हबाट बन्द भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको देवदह नजिकै सडक भास्सिएको सडक आज पनि खुल्न सकेको छैन । निरन्तर वर्षा जारी रहेका कारण बैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । त्यसैगरि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडि, रिडी तम्घास र रिडी वामीटक्सार खण्डपनि बन्द रहेका छन् ।

सिद्धार्थ राजमार्गको तिनाउ ५ कालिमाटी, तानसेनको गौडापुल, तानसेन ८ को जरेपिपल तथा तानसेन १४ गाईघाटमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । पाण्डेका अनुसार रिब्दीकोटको हार्थोक, रिब्दीकोटकै मालमुलमा पनि पहिरो खसेको छ । उता पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा ४ हुमिन, बग्नसकालीको सेरा लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।

उता गारुसिङ्गे सन्धिखर्क सडकको फुटवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल पश्चिमको राजमार्ग भने सुचारु रहेको उनले बताए । वर्ष हुने क्रम जारी रहेकाले यात्रा तय नगर्न आग्रह गर्दै पाण्डेले अहिले सम्म सडकमा पहिरो खसेर जनधनको क्षेति भने नभएको जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ११ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी