२ माघ २०८२, शुक्रबार | January 17, 2026

प्रधानमन्त्री ओलीको देश दौडाहा : आज पनि झापा र मोरङका कार्यक्रममा जाँदै

काठमाडौं । देश दौडाहामा ब्यस्त बनेका प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । आज बिहान ११ बजे झापाको भद्रपुर पुगेर ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुने बताइएको छ…