३० बैशाख २०८३, बुधबार | May 13, 2026

१ महिनाका बीच ३ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले १ महिनाका बीचमा ३ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । गत फागुनको पहिलो सातमा २ पटक मुल्य बढाएको निगमले आज पुनः मुल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमले जनाएको छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य भने यस पटक यथावत राखिएको छ ।

प्रत्येक ईस्वि सम्बतको महिनाको १ र १६ गते समायोजित मुल्य बठाउने गरेको भारतीय आयल निगम (आइओसी) ले आज पुनः पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको कारण मुल्य बढाृनु परेको निगमले जनाएको छ ।

निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : १५ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर