हेटौँडा । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा आज बिहान ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । उनका अनुसार आज बिहान पौने ६ बजे मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४०४४ नम्बरको ट्रकले…