काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइएको छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना गरेर आफ्ना छोराछोरी एवं विद्यार्थीहरुलाई पढ्न लेख्न लगाउने दिनको रुपमा मनाउन चलन रहेको छ । कोरा कागज जस्तै रहेका साना नानीहरुलाई अक्षराम्भ गराउने…