१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ता कायम गर्न स्वास्थ्य मन्त्रालयमा विज्ञहरुको प्रस्ताव



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पहिलो मात्रा लगाएको २८ दिनमा दोस्रो मात्रा लगाउनुपर्ने निर्णय गरेपनि कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले भने दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सुझाव दिएको छ ।

मन्त्रालयले खोपको अवधी २८ दिनको फरकमा हुने गरि सर्कुलर गरिसकेको अवस्थामा सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । समितिले गरेको प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज)ले गरेको निर्णयको आधारमा सल्लाहकार समितिले त्यस्तो प्रस्ताव गरेको हो । यस अघि सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको थियो ।

सेजको निर्णय आउनु पूर्व नै नेपालमा २८ दिनको फरकमा खोप लगाउने निर्णय गरिएको भएपनि सेजको निर्णय आईसकेपछि मन्त्रालयले सोही अनुरुप निर्णय गर्न उपयुक्त हुने समितिले सुझाव दिएको छ ।

खोपको पहिलो मात्रा लगाउँदा देखिने प्रतिअसरको तुलनामा दोस्रो मात्रा लगाउँदा कम देखिने खोप शाखाका प्रमुख डा. गौतमले बताए ।

खोप समितिले मन्त्रालयमा प्रस्ताव पठाएपनि स्वास्थ्य मन्त्रालयले भने सल्लाहकार समितिको प्रस्ताव स्वीकृत भने गरिसकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : २१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर