ललितपुर । फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले उद्दार गरेको हो । उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर…