१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ



काठमाडौं । पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन ।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए । माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो ।

थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ०१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्