तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो । बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको…