१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रकले कुल्चिँदा १३ जनाको मृत्यु



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फुटपाथमा सुतेका बेघर मजदुरमाथि ट्रकले कुल्चिँदा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राति कोसाम्बा क्षेत्रस्थित किम–मान्डवी रोडको पालोडगाम नजिक फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुल्चिँदै अघि बढेको थियो । दुर्घटनामा १२ जनाको घटनास्थलमै र अन्य एकको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य सात जना घाइतको उपचार भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उखु बोकेको ट्याक्टरसँग ठोक्किएपछि चालकले सन्तुलन गुमाउँदा ट्रक फुटपाथमा गुडेको स्थानीय प्रहरीले जनाएको छ । मृतक सबै मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए। घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ भने मृतकको पोष्टमार्टम प्रक्रिया अगाडी बढाईएको छ । मध्यराती १२ बजे भएको घटनामा अनियन्त्रित रफ्तारमा आएको ट्रक फुटपाथमा सुतिरहेका १८ जना मजदुर माथि गुडेको थियो ।

घटनामा परि ६ महिनाको बालिकाको ज्यान बचेपनि उनका आमा बाबुको भने मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ५० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना