झापा । झापा गाउँपालिका-१ मिलनबस्तीमा सुकुम्बासी टोल छ। जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन । यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुसी देखिन्थे । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला…