१० भदौ २०८३, बुधबार | August 26, 2026

विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ हजारभन्दा धेरैको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा विश्वभर नौ हजार ३४० जना संक्रमितले मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार ३५६ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१७ प्रतिशत हो ।

हालसम्म विश्वभर आठ करोड ४३ लाख ४९ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये पाँच करोड ९६ लाख १८ हजार ४३६ जना उपचारपछि निको भइसकेका छन । बाँकी दुई करोड २८ लाख ९६ हजार ७३२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ५६ हजार ४०१ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप दुई हजार ८५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९५ हजार ४४१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन ।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार २०५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २५ हजार ८०७, बेलायतमा ७४ हजार १२५, इटलीमा ७४ हजार ६२१, फ्रान्समा ६४ हजार ७६५, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार ३३७, अर्जेन्टिनामा ४३ हजार ३१९, कोलम्बियामा ४३ हजार ४९५ तथा रसियामा ५७ हजार ५५५ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ०६ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ