बुटवल । बाक्लो जनघनत्व भएको बस्ती नभएको भन्दै लकडाउनको बिपक्षमा रहेको तिलोत्तमा नगरपालिकाले अन्ततः पूर्ण लकडाउन गर्ने निर्णयमा पुगेको छ । दिनदिनै कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि तिलोत्तमा नगरपालिकाले पूर्ण लकडाउन गर्ने भएको हो । बुटवल उपमहानगर र सिद्धार्थनगर ले लकडाउनको घोषणा गर्दा तिलोत्तमाले नगरमा कृषि पेशाको बाहुल्य रहेको र घनाबस्ती नभएको भन्दै लकडाउनको आवश्यकता नरहेको…