मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ । समुद्री सतहको ९चार हजार ६१०० मिटर अग्लो उचाइमा रहेको (नेपाल-चीन) उत्तरी कोरलानाका २४ नं सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर…