२२ भदौ २०८३, सोमबार | September 7, 2026

जेनजी आन्दोलनमा भाइरल रहेका युवकले गरे आफ्नै आमाको हत्या



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग भिडेर सामाजिक सञ्जालमा भाइरल भएका युवकलाई आफ्नै आमाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर (जिरे) कँडेललाई आइतबार साँझ आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार यमबहादुरले आइतबार राति करिब साढे आठ बजेतिर खाना पस्कन गई रहेकी आमामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घटनास्थलबाट हतियारसहित उनलाई पक्राउ गरी आवश्यक प्रमाणसहित मुचुल्का तयार गरिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र यमबहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी वरिष्ठ अधिकृत (एसपी) भेषराज रिजालले जनाएका छन् । प्रहरीले घटनास्थल र आसपासका सीसीटीभी, आँखिहारूको बयान तथा अन्य प्रमाण संकलन गर्दै थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका यमबहादुर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा सहभागी हुँदा सामाजिक सञ्जालमा भाइरल भएका थिए । आन्दोलनका क्रममा र विभिन्न भिडिओमा देखिएका उनीका आक्रामक सम्बोधन र भावनात्मक अभिव्यक्तिका क्लिपहरूसँगै उनको नाम चर्चा भएको थियो । परिवार र स्थानीयवासीले भने, आन्दोलन पछि उनलाई मानसिक समस्या देखिएकाले काठमाडौंतर्फ उपचारका लागि लैजान तयारी चलिरहेको अवस्थामा यस्तो घटना हुन पुगेको जानकारी दिएका छन् ।

घटनापछि सो क्षेत्रीय समुदायमा शोक छाएको र स्थानीय प्रशासन तथा प्रहरीले शान्ति सुरक्षा कायम राख्न सक्रियता बढाएको जनाइएको छ ।

प्रहरीले घटनाको पूर्ण तथ्यांक जुटाएर पारिवारिक पृष्ठभूमि, मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन तथा घटनाको प्रेरक कारण बारे विस्तृत छानबिन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा