४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पाका डाक्टर मानबहादुर बिक बने दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव

काठमाडौं । नेपाल सरकारको सचिव पदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व हुने भएको छ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले सहसचिव डा। मानबहादुर विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरे पछि दलितबाट पहिलो पटक सचिवमा प्रतिनिधित्व हुने भएको हो । दलितबाट अहिलेसम्म सचिव स्तरमा कोहि पनि पुग्न सकेका थिएनन् । पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका छन् ।…