११ भदौ २०८३, बिहिबार | August 27, 2026

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा सडक दुवैतर्फी रूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७ बजे सिमलतालमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो । पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयका उपकरण तथा प्राविधिक टोली परिचालन गरिएको जनाएको छ ।…