बुटवल । हालै संगठित भएका यस प्रदेशका पिठो उत्पादन गर्ने उद्योगीहरुले गहुँको उत्पादन बढाउन माग गरेका छन् । पछिल्ला केही वर्ष यता उत्पादनमा सामान्य बृद्धि भएपनि त्यसले आयात कम गराउन नसकेको बताउँदै उद्योगीहरुले प्रदेशलाई आत्मनिर्भर बनाउने गरि खेतीमा प्रोत्साहनको खाँचो रहेको बताएका छन् । यहाँका विभिन्न जिल्लामा रहेको उद्योगीहरुको हालै सम्पन्न भएको भेलाले रुपन्देहीका उद्योगी…