१० श्रावण २०८३, आइतबार | July 27, 2026

दाङको गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालन



दाङ । दाङको गढवामा भर्खरै सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा दुई जना सर्पले डसेका बिरामीको सफल उपचार भएको छ ।

यही असोज ४ गते सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा सर्पदंश घटनाका दुई जना बिरामी उपचारबाट निको भएर घर फर्केका केन्द्रले जनाएको छ ।

जिल्लाकै गढवा गाउँपालिका-५ का आठ वर्षीय रामकृष्ण पौडेल र गढवा-६ का ८० वर्षीय तुल्ला जोगी उपचारपछि निको भएर घर फर्केका केन्द्रका स्वास्थ्य प्राविधिक जीवराज शर्माले बताए । केन्द्र सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्पदंशका बिरामीलाई कपिलवस्तुको गोरूसिंगे र बाँकेको शम्शेरगञ्ज जानुपर्ने बाध्यता थियो ।

उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण पनि कतिपय सर्पदंशका बिरामीको बीच बाटोमै मृत्यु हुनेगरेको थियो । गत आर्थिक वर्ष जिल्लामा १७ जनाको सर्पदंशबाट मृत्यु भएको जिल्ला आपतकालीन उद्धार केन्द्रले जनाएको छ । जिल्लामै सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै यस क्षेत्रका सर्पदंशका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीवासी खुशी भएका छन् । दाङ सर्पदंशका घटना बाक्लै हुने जिल्लामा पर्ने गरेको बताइएको छ ।

झारफुक प्रवृत्ति कायमै

सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।

‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ’, केन्द्रका स्वास्थ्य प्राविधिक शर्माले भने, ‘जिल्लामा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।’

यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको भनाइ छ । ‘सबै सर्प विषालु हुँदैनन्, जिल्लामा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्’, उनले भने, ‘ती बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धामीझाक्री र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।’ रासस

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : ५७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले