३० चैत्र २०८२, सोमबार | April 13, 2026

सरकारमा हुनेहरूको विवेकहीनता कारण जेन-जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारको जिम्मेवारी सम्हालेकाहरूमा विवेकको कमी हुँदा जेन–जी पुस्ताका युवाले ज्यान गुमाउनु परेको टिप्पणी गरेकी छन्। विजया दशमीको अवसरमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेटघाट गर्दै उनले यस्तो धारणा राखेकी हुन्। प्रधानमन्त्री कार्कीले यस्तो दुर्घटना हुनै नपर्ने घटना भएको बताउँदै मृतक परिवारलाई सहयोग गर्ने विषयमा सरकार गम्भीर…