३० चैत्र २०८२, सोमबार | April 13, 2026

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, तुइन खोला पुलनजिक पहिरो खस्दा यातायात अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । मंगलबार साँझ करिब साढे ७ बजे तुइन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । लेदोसहितको पहिरो खसेपछि दुईतर्फी यातायात सञ्चालनमा अवरोध पुगेको छ । सडक डिभिजनका अनुसार अवरोध हटाउनका लागि आवश्यक मेसिन घटना स्थलतर्फ पठाइसकिएको छ ।…