काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता बाहेक काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।…