काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले बजेटको सीमाका कारण शतप्रतिशत माग सम्बोधन हुन नसकेको बताए । “स्वाभाविक रुपमा हाम्रा माग र आवश्यकता धेरै छन् । तर हामीसँग…