काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी…