२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

गोरखा-२ बाट डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टराईले आज आफ्ना निकट नेताहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । उम्मेदवारी फिर्ता लिएपछि उनले कसलाई समर्थन गर्ने भन्ने विषयमा भने हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।…