१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ ।