सिरहा । पछिल्लो दिनहरुमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन् थालेको छ । जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमत्तोमा ठूलो परीमाणमा भन्सार छलिका सामानहरू नेपाल भित्रिएको पाइएको छ । ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लाँदै गरेको अवस्थामा मकवानपुरको रातमाटे चौकी चेकपोष्ट नजिकबाट एक करोड ५० लाखभन्दा बढी मूल्य बरावरको अवैध कपडा…