भोजपुर । भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका-६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बास्तोलाले बताए । वडा…