काठमाडौ । ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरिय नतिजा ल्याएका हुन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा…