१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन

ललितपुर । नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन् ।…