काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीले पाएका छन् । त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका रेक्टरसमेत रहेका प्राडा केसीलाई अर्को व्यवस्था नहुन्जेलका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीको दबाब सहन गर्न नसकेको भन्दै केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि सो पद खाली थियो।