काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका महासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आज साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पर्यटन व्यवसायी पशुपति कँडेलले जानकारी दिए । अकस्मात कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो । नेपाली कांग्रेस गोरखाका…