नेपालगन्ज । राप्ती तटको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको तयारी स्वरुप बैकुण्ठधाम धार्मिक महोत्सवको तयारी चलिरहँदा सिधनियाघाटमा हरेक पुर्णिमामा गंगा महाआरती हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न…