बुटवल । बुटवल उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने भएको हो । खोप अभियानको बारेमा जानकारी गराउन आइतबार आयोजित अभिमूखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले सबै पक्षलाई गम्भीर…