कपिलवस्तु । भगवान रामलाई नेपालको ज्वाईको दर्जा दिँदै अयोध्यामा राम मन्दिरको प्राण प्रतिस्ठाका दिन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले सोमबार स्थानीय बिदा दिएको हो । गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको तर्क गरेका छन् ।…