१५ बैशाख २०८१, शनिबार | April 27, 2024

वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ



काठमाडौं । वसन्तपुरमा आज बिहान होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।

स्थानीय तीर्थलाल तन्डुकारले आइतबार बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए। यसै दिनदेखि काठमाडौंवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ ।

तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । “चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ”, उनी भन्छन्, “यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।” होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : ३८ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको